धनुषाका ११७ वडामा एमालेको अधिवेशन सर्वसम्मत सम्पन्न

जनकपुरधाम।

धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ। जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिवार अधिवेशन सम्पन्न हुन सकेको एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए।

११७ वटै वडामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको उनले बताए। ‘१७० वटै वडामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ,’ उनले भने, ‘बाँकी रहेका वडाहरुमा सहमतिले नै नेतृत्व चयन गरिने विषयमा छलफल पनि भइरहेकोले भोलिसम्म सबै वडाको अधिवेशन सम्पन्न हुनेछ।’

९ कात्तिकमा पालिकाको अधिवेशन रहेकोले त्यसअघि नै वडा अधिवेशन गर्नुपर्ने बाध्यता रहेकोले आफूहरु त्यसमै सक्रियतापूर्वक लागेको उनले बताए। नेकपा एमालेको १० मंसिरमा राष्ट्रिय महाधिवेशनको समय तोकिएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बझाङमा एमालेलाई पछि पारेको कांग्रेसले बढायो अग्रता, कसको मत कति ?

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक …

प्रतिकृया दिनुहॊस