नर्भिकमा शनिवार फ्री ओपिडी हुने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिवार(भोलि) कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्टको निःशुल्क सेवा संचालन हुने भएको छ ।

नर्भिक अस्पतालमा कार्यरत कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्ट डा. शैलेन्द्रप्रसाद कुशवाहाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् ।

डा. कुशवाहाले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुका लागि निःशुल्क सेवा दिनेछन् ।

मुटुसँग सम्बन्धित समस्या भएका र अन्य शारिरीक अस्वस्थ्यता भएकाहरुले समेत डा. कुशवाहाको निःशुल्क ओपिडीबाट लाभान्वित हुन सक्नेछन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस