सङ्क्रमित बढेपछि बेलायतमा सामाजिक गतिविधिमा पुनः कडाइ गर्ने तयारी

काठमाडौँ । बेलायतमा कोभिड-१९ का नयाँ सङ्क्रमित बढ्दै गएपछि सामाजिक गतिविधिमा पुनः कडाइ गर्ने तयारी गरिएको छ । त्यहाँ बिहीबार एकैदिन ५२ हजार सङ्क्रमित थपिएका छन् ।

कोभिड भाइरससम्बन्धी तथ्याङ्क अद्यावधिक गरिरहेको वर्ल्डोमिटर्सको विवरण अनुसार बिहीबार ५२ हजार ९ सङ्क्रमित थपिएका हुन् । तीन महिनापछि पछिल्लो २४ घण्टामा यति धेरै सङ्ख्या सङ्क्रमित भेटिए । बेलायतमा कुन सङ्क्रमितको सङ्ख्या ८६ लाख ४१ हजार नाघेको छ भने ७० लाख ५ठ हजार निको भएका छन् ।

सङ्क्रमण पुनः बढ्न थालेपछि बेलायतका अधिकारीहरूले स्वास्थ्य मापदण्डको पालनामा जोड दिन थालेका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि नागरिकलाई आग्रह गरे । त्यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले सरकारलाई हिँड्डूलमा कडाइ गर्न तथा अन्य सामाजिक गतिविधिहरूमा पनि प्रतिबन्ध लगाउन सुझाव दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइएमईको करोडपति योजना जितेकी प्रमीलालाई १ करोड रुपैयाँको चेक हस्तान्तरण

काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमीला रोकायालाई आइएमईले १ …

प्रतिकृया दिनुहॊस