वाग्मती प्रदेशः मुख्यमन्त्री शाक्यले कात्तिक १० गते विश्वासको मत लिने

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते विश्वासको मत लिने भएकि छिन्। प्रदेशसभाको आज अपराह्न बसेको बैठकले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यका लागि कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उल्लेख गरे।

आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो सुरु भएका कारण आजै मतदान गर्ने कार्यलाई सम्भव नभएका कारण कात्तिक १० गते पुर्याइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

यसैगरी मुख्यमन्त्री शाक्यले उक्त बैठकमा विश्वासको मत लिने कार्यका लागि संसदमा रहेका सबै दलसँग आग्रह गर्दै दलगत स्वार्थभन्दा माथि उठेर संविधान र प्रजातन्त्रको रक्षाका लागि एकजुट हुने धारणा व्यक्त गरिन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप