अज्ञात समूहले गोली प्रहार गरी चालकसहित मोटरसाइकल लुटे

रौतहट । अज्ञात समूहले रौतहटमा गोली प्रहार गरी मोटरसाइकलसहित १ व्यक्तिलाई लुटेकाे छ । बारा सुर्वण गाँउपालिका–८ का किशोर साह कानु जिल्लाको देवाही गोनाही नगरपालिका–४, बकैया खोला किनारमा शनिबार राति ८ः३० बजे लुटिएका हुन् ।

लुटेराकाो निशानाबाट भने उनी जाेगिएका छन् ।   कुटपिटबाट टाउकोमा चोट लागेका उनको अहिले गरुडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

साहले तीन जनाको संख्यामा रहेका लुटेराहरुले गोली प्रहार गरी आफूले चढेको मोटरसाइकलसहित पैसा र मोबाइल लुटेर भागेको बताए ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी निरीक्षक मनोज यादवले देवाही गोनाहीको प्रेमपुर गोनाहीमा रहेको ससुराली आउदै गरेका साह मोटरसाइकल, रकम र मोबाइलसहित गए राति ८ः३० बजे बकैयाको बाँधमा लुटिएको जानकारी दिए ।

प्रहरीले लुटिएको मोटरसाइकल घटनास्थलभन्दा ३ किलोमिटर पूर्व देवाही गोनाही-८ को एक पोखरीनजिक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटले लुटेरा समूहको खोजी भइरहेको जनाएको छ ।

अनलाइनखबर

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस