भारतको केरलामा भीषण बाढी, कम्तीमा ६ जनाको मृत्यु

काठमाडाैँ । भारतको केरलामा भारी वर्षापछि आएको बाढीमा परी कम्तिमा ६ जनाको मृत्यु भएको छ । बाढीले गम्भीर अवस्था सिर्जना भएपछि राहत तथा उद्दारका लागि सेनासहित एनडीआरएफका ११ टोली परिचालन गरिएको छ ।

राज्यका राजस्वमन्त्री राजन केले भने, ‘सेना र एनडीआरएफका सबै टुकटीहरुलाई तिरुवन्तपुरम र कोट्टयम जिल्लामा तैनाथ गरिएको छ ।’ दक्षिणी एयर कमाण्डलाई समेत मौसम सुधार हुनेबित्तिकै उद्दार र राहतका लागि परिचालन गर्न तयारी अवस्थामा राखिएको छ ।

कांग्रेस नेता तथा तिरुवन्तपुरमका सांसद शशी थरुरले इडुकी, पथनमथिट्टा र कोट्टयम बाढीबाट सबैभन्दा बढी प्रभावित भएको बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री