बेरुतमा प्रदर्शनका क्रममा गोली चल्दा ६ जनाको मृत्यु

काठमाडाैँ । लेबनानको राजधानी बेरुतमा एक प्रदर्शनका क्रममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका छन् । गत वर्ष बेरुतको बन्दरगाहमा २१९ जनाको मृत्यु हुनेगरी भएको शक्तिशाली विस्फोटको छानविन गरिरहेका अनुसन्धानकर्ताको विरोधमा प्रदर्शन भएको हो ।

प्रदर्शनका क्रममा हिज्बुल्लाह र अमाल नामको संगठनका समर्थकले अनुसन्धानमा संलग्न न्यायाधीस तारेक बिटरलाई परिवर्तन गर्न माग गरिरहेका बेला गोली चलेको हो । हिज्बुल्लाह र उसका सहयोगी संगठले बिटरमाथि पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाएका छन् । तर पीडितका परिवार भने बिटरको समर्थनमा देखिएका छन् ।

गत वर्ष भएको विस्फोटको छानविनका क्रममा हिज्बुल्लाहका सहयोगी पूर्व क्याबिनेट मन्त्रीविरुद्ध जानिबुझी लापरबाहीको आरोप लगाएको उनीहरुको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस