राष्ट्रपति भण्डारीद्वारा नवकन्याको पूजा

बडादसैँको नवौँ दिन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नवकन्याको पूजा गरेकी छिन्।

महानवमीको शुभदिनमा बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आज बिहान राष्ट्रपति भण्डारीले नवकन्या (नौजना कन्या) को पूजा गरेकी हुन्।

वैदिक सनातन हिन्दू धर्मशास्त्रमा वर्णित विधिअनुसार विजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने गरिन्छ।

यसरी पूजा गर्दा पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः दोस्रो दिन दुई, तेस्रो दिन तीन हुँदै चार, पाँच, छ, सात, आठ र नवौँ दिन महानवमीमा नौ वर्षकी कन्याको पूजा गर्ने प्रचलन छ।

सोही बमोजिम राष्ट्रपति भण्डारीले आज महानवमीका दिन एकैपटक नौ जना कन्यालाई नवदुर्गाको प्रतीक मानेर पूजा गरेकी हुन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेविरुद्ध थप अनुसन्धानको तयारी, अदालत उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी, सम्पत्ति हिनामिना, र सङ्गठित अपराधका आरोपमा अनुसन्धानका लागि थप म्याद माग गर्दै प्रहरीद्वारा उनलाई अदालत लगिएको हो । रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहॊस