कति बेला छ विजया दशमीको टिकाको शुभ साइत ?

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँको साइत सार्वजनिक गरेको छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०: ०२ बजेको साइत शुभ रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको हाे ।

त्यस्तै टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । विजया दशमीका दिन बिहान ७: ०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ ।

तुलजा भवानीलाई बिहान ८: ३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइने समितिले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस