दसैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा छुट पाइने

काठमाडौं  । नेपाली हिन्दुहरुको महान पर्व बडादसैंको अवसर पारेर नर्भिक इन्टरनेसनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ।

नर्भिक अस्पतालले दसैँ अवधिभर विभिन्न प्याकेज खरिद गर्नेहरुका लागि छुटको घोषणा गरेको हो।

अस्पतालले आज अक्टोबर १० देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजेजमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो।

सबैखालको वेलनेस प्याकेजेज लिनेले १० प्रतिशत अतिरिक्त छुटको रुपमा पाउनेछन्।

नर्भिकले यस्ता विशेष अवसर, चाडपर्वलगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री