मान्छे मरेको ‘पासो’ महँगोमा बेच्ने भन्दै महिलाको हत्या

काठमाडौं  ।ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा कमला तामाङको हत्या भएको छ।

नुवाकोट घर भएकी ४५ वर्षीया कमलाको शव भदौ २५ मा बिहान फेला परेको थियो ।

टहरोमा एक्लै बस्ने कमलाको हत्या आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भएका २३ वर्षीय सविन प्रजा, उनकी पत्नी प्रविना प्रजा माझी र मोरङ घर भएका २० वर्षीय सुमन मगर छन् ।

मान्छे मरेको डोरीको ‘पासो’ महँगोमा बिक्री हुने हल्ला सुनेपछि उनीहरुले योजनाबद्ध रुपमा कमलाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

कमलाको हत्या गरेको भोलिपल्ट बिहान उनीहरुले नुहाइ धुवाई गरेर पासोलाई पूजा गरे । मान्छे मार्न प्रयोग भएको पासो ऐनामा नदेखिने भ्रम उनीहरुलाई थियो । ‘ऐनामा पासो देखिएपछि सो डोरी उनीहरुले खोलामा बगाएको अनुसन्धानबाट थाहा भएको छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री