नेपाल बंगलादेश बैंकद्वारा लाभांश प्रस्ताव

काठमाडौं  ।नेपाल बंगलादेश बैकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आइतबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश १२ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित ३.५ प्रतिशत नगद लाभांश रहेका छन्।

सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गर्नुपर्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री