मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु

झापा। झापा अर्जुनधारा नगरपालिका २ मा मोटरसाईकल  दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका ६ का ३० बर्षीय निरज तामाङ रहेका छन् ।

शनिबार बेलुका ४ बजे खुदुनाबारीबाट शनिश्चरे जादै गरेको मे. ४ प. २८१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई कल्भर्टमा ठोकी दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमानै मृत्यु भएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री