मुक्तिनाथ रेमिटको भुक्तानी आई सि एफ सि फाईनान्सको शाखा कार्यालयहरुबाट

काठमाडौं ।मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आई सि एफ सि फाईनान्सको शाखा कार्यालयहरुबाट लिन सकिने भएको छ ।

मुक्तिनाथ विकास बैंक लि र आई सि एफ सि फाईनान्स बिच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट यस बंैकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र आई सि एफ सि फाईनान्सको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेण्ठले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंक लि.को रेमिट सेवाको झुक्तानी आई सि एफ सि फाईनान्सको २० शाखा बाट सजिलै लिन सकिने छ ।

यसबाट मुक्तिनाथ रेमिटका ग्राहकहरुलाई रेमिट झुक्तानीका लागि अझ बढि सुविधा मिल्ने बैंकको विश्वास रहेको छ ।

मुक्तिनाथ रेमिटले आफ्नो कारोबार देशभरी रहेका ४५०० भन्दा बढि झुक्तानी केन्द्रबाट गर्दै आईरहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस ली बीच अलिपे प्लस द्वारा एकीकृत …

प्रतिकृया दिनुहॊस