ग्लोबल आइएमई लघुवित्तद्वारा २८% बोनस सेयर प्रस्ताव

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २८% बोनस  लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिले आर्थिक वर्ष २०७७/७८  लागि लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँको २८ प्रतिशतले हुन आउने १२ करोड ८ लाख ७८ हजार ९१५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भए पछि   सेयरधनीहरुलाई वितरण गरिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री