सर्वोच्च अदालतसँगै देशैभरका अदालतहरू घटस्थापनाका दिन अर्थात् असोज २१ गतेदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ३ गतेसम्म बिदा हुने भएका छन्।
सर्वोच्च अदालतका न्यायाधीशहरूको मंगलबार बसेको पूर्णबैठकले सो निर्णय गरेको हो। बैठकले दशैं बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरूको रोस्टर पनि टुंगो लगाएको छ।
न्यायाधीशहरूसँग छलफल गरी बारअनुसार न्यायाधीशको टुंगो लगाइएको हो। सर्वोच्च अदालतमा घटस्थापनादेखि दशैं बिदा हुने भए तापनि बन्दी प्रत्यक्षीकरणलगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिँदैन। यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रिपरिषदमा भाग खोजेको समाचार आइरहेका बेला बसेको सो बैठकमा त्यसबारे भने कुनै छलफल नभएको बुझिएको छ। नेपाल समाचारपत्रबाट
तपाईंको प्रतिकृया




