जुलियस र पाटापोटियनले पाए चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल पुरस्कारको घोषणा शुरु गरिएको छ । सोमबार शरीर विज्ञान तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरिएको छ ।

यस बर्षको शरीर विज्ञान तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार डेभिड जुलियस र अर्डम पाटापोटियनलाई संयुक्तरुपमा प्रदान गरिएको छ । स्नायु प्रणालीले तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने कुरा पत्ता लगाएका जुलियस र् पाटापोटियनलाई नोबेल पुरस्कार दिइएको छ ।

नोबेल पुरस्कार पाएका जुलियस अमेरिकी नागरिक हुन् भने पाटापोउटियन लेबनानका नागरिक हुन् । मंगलबार फिजिक्सतर्फको नोबेल पुरस्कारको घोषणा गरिदै छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री