युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम बेलौरी र टिकापुरमा सम्पन्न

काठमाडौं  ।महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ भित्र २५ वटाभन्दा बढी जिल्लामा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान सञ्चालन गर्ने लक्ष्य लिएको छ।

सोही अभियानअन्तर्गत सुदूरपश्चिमको कञ्चनपुरको बेलौरी र कैलालीको टिकापुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।

बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा असोज १७ गते सम्पन्न कार्यक्रममा स्नातक तहका १५० भन्दा बढी विद्यार्थीको सहभागिता थियो।

क्याम्पस प्रमुख धर्मराज जोशीको अध्यक्षतामा भएको बीमा जनचेतना कार्यक्रममा सहायक क्याम्पस प्रमुख गंगाप्रसाद रिजाल र कम्पनीका क्षेत्रीय प्रमुख हर्कबहादुर बोहराले कार्यक्रमको महत्व बारेमा मन्तव्य राखेका थिए।

कम्पनीका बेलौरी कार्यालय प्रमुख प्रदिप तिवारीबाट सञ्चालित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाबारेमा प्रशिक्षण प्रदान गरेका थिए।

त्यसैगरी आज बिहान टिकापुरस्थित टिकापुर बहुमुखी क्याम्पसमा पनि ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ७० भन्दा बढीको सहभागिता थियो।

निमित्त क्याम्पस प्रमुख धन कृष्ण उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागी विद्यार्थीलाई बीमाबारे प्रशिक्षण दिएका थिए।

कम्पनीले यस अघि पर्सा, बारा, रौतहट, मोरङ र कैलाली जिल्लामा कार्यक्रम सम्पन्न गरिसकेको छ। यसै हप्ता म्याग्दी, वागलुङ र तनहुँमा कार्यक्रम गर्ने लक्ष्य कम्पनीले राखेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ …

प्रतिकृया दिनुहॊस