सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा मोटिभेशन कार्यक्रम सम्पन्न

काठमाडाैं । सन नेपाल लाइफले विभिन्न ४ छुट्टा छुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेशन कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले म्याग्दी, बागलुङ्ग, बुर्तिबाङ्ग र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले समुद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै महाप्रबन्धक गौतमले कम्पनीको स्थापनाकालदेखि नै सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिम र बीमा जागरण सम्बन्धी विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने बताए ।

देशैभर शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सको पुनर्जागरण अभियान सुरु

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस