नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा १६प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० रुपैयाँको कुल १६ प्रतिशतले हुन आउने २ अर्ब ६० करोड ११ लाख ७२ हजार ७२० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बोनसपछि बैंकको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ नाघ्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री