यातायात व्यवस्था कार्यालयबाट २ जना विचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट २ जना विचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर म.न.पा.-१४, नख्खीपोट बस्ने वर्ष ३० को सुमन तामाङ र ललितपुर म.न.पा.–१३, कुसुन्ती बस्ने वर्ष २३ को सुरज गुप्ता रहेका छन्।

लिखित परीक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाईदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाईनमा लागेका सर्वसाधारणलाई सास्ती दिने २ जना विचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ्ग गरि लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए। महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ।

पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस