कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्। कांग्रेस काठमाडौँ महानगरपालिकाको आज भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गरेकाे प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए।

नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य ०७४ मा सम्पन्न काठमाडौँ महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्षसमेत हुन्।

यस्तै दुई उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन, दुई सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल, दुई सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत केसीले बताए।

लामो समयपछि भएको काठमाडौँ महानगरपालिकाको निर्वाचनमा एक हजार ३३९ मत खसेको थियो। बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म काठमाडौँको मतदान भएको थियो। काठमाडौँ महानगरपालिका देशभरिकै जनसङ्ख्याका दृष्टिकोणले सबैभन्दा ठूलो नगरपालिका हो। यस नगरपालिकामा ३२ वडा रहेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका …

प्रतिकृया दिनुहॊस