कांग्रेस विराटनगर सभापतिमा संस्थापन इतरका दीपक चापागाईं विजयी

काठमाडाैँ । सत्तारुढ नेपाली कांग्रेसको विराटनगर सभापतिमा संस्थापन इतर समूहका उम्मेदवार विजयी भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट कांग्रेसको विराटनगर महानगरको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका हुन् ।

महानगर सभापतिका लागि संस्थापनबाट एकजना र संस्थापन इतर समूहबाट तीन जना उम्मेदवार बनाइएको थियो । महानगर सभापतिका लागि संस्थापन समूहले सन्तोष न्यौपाने तथा संस्थापन इतर समूहबाट चापागाईंसहित अरुण न्यौपाने र कृष्ण कार्की पनि उम्मेदवबार बनेका थिए । यीमध्ये चापगाईं विजयी भएका हुन् ।

यसैगरी विराटनगरमा कांग्रेस उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी, सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री