बूढीगण्डकी फेरि चिनीयाँ कम्पनीलाई दिइने

काठमाडौं । सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो सरकारको निर्णयलाई हतारको निर्णयको संज्ञा दिँदै यसमा पुनरावलोकन गरिने जानकारी दिए ।

उनले सरकारले यसमा पुनरावलोकन गरिरहेको र चाँडै नै आवश्यक निर्णय लिने जानकारी दिएका छन् ।

१२ सय मेगावाट क्षमताको यो आयोजना विगतमा प्रचण्ड नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई दिने विवादास्पद निर्णय गरेको थियो ।

त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले चिनियाँ कम्पनीसँगको सम्झौता भंग गर्दै स्वदेशी लगानीमै बनाउने निर्णय गरेको हो । यो खबर आजको कारोबारमा छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

नेपालले बंगलादेशमा बिजुली बेच्दै, प्रतिमहिना ३३ करोड आम्दानी हुने

काठमाडौँ । नेपालले पहिलो पटक शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले विजुली बंगलादेश पठाउन लागेको हो ।

प्रतिकृया दिनुहॊस