ग्लोबल आईएमई बैंक र गुल्मीका स्थानीय तहबीच सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंकले गुल्मी जिल्लाका पाख्रापालक किसानहरूलाई सहुलियपूर्ण कृषि कर्जा दिने भएको छ ।

बैंक र गुल्मीका विभिन्न स्थानिय तहहरूबीच हेफर प्रोजेक्ट नेपालको समन्वयमा “बाख्रापालन सामुदायिक विकास परियोजना” अन्तर्गत बाख्रापालक कृषकहरूलाई सहुलियतपूर्ण कृषिकर्जा दिने समझदारी भएको हो ।

सम्झौताअनुसार बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत मुसीकोट नगरपालिका, इस्मा गाँउपालिका, मालिका गाँउपालिका, मदाने गाँउपालिका, र धुर्कोट गाँउपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपालअन्तर्गतको “बाख्रापालन सामुदायिक विकास परियोजना” का लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई (प्रति ग्राहक अधिकतम दश लाख) सहुलियतपुर्ण कर्जा उपलब्ध गराउने छ ।

यस्तै, परियोजनाअन्तर्गतका ऋणिहरूलाई हेफर प्रोजेक्ट नेपालले आवश्यक तालिमको व्यवस्था गर्ने जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री