मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले आगन्तुक रिसोर्ट प्रालिमा छुट पाउने सम्झौता गरेको छ ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा बसाइ र खाना तथा परिकारहरूमा विशेष छुट पाउने जनाइएको छ ।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी देशभर रहेका भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री