एकीकृत समाजवादी राेज्ने स्थानीय जनप्रतिनिधिकाे संख्या १५०५

नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।

भदौ ९ गते एमालेबाट अलग्गिएर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तथा महन्थ ठाकुर नेतृत्वको अध्यक्षतामा लोसपा गठन भएको थियो । संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि दुवै पार्टी गठन भएको थियो ।

दुवै दलले भदौ ९ गते नै दल दर्ताको प्रमाणपत्र पाएसँगै निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्ने सूचना जारी गरेको थियो।

स्थानीय तहका जनप्रतिनिधिका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्ने व्यवस्था गरिएको थियो । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले आयोगको अन्तिम म्यादसम्म उक्त सङ्ख्यामा स्थानीय जनप्रतिनिधिले नयाँ दल रोजेको जानकारी दिए।गाेरखापत्रबाट

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after