मानव बेचबिखनका आरोपी महिला २५ वर्षपछि पक्राउ, अनुसन्धान गर्दै प्रहरी

आकर्षक काममा लगाइदिने प्रलोभन देखाएर मानव बेचबिखनमा संलग्न रहेको अभियोग लागेकी एक महिलालाई २५ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ।

पक्राउ पर्नेमा काठमाडौँ पेप्सीकोला बस्ने ४८ वर्षीय लक्ष्मी परियार रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ। विसं २०५३ को असार ४ मा परियारले काठमाडौँबाट ती महिलालाई प्रलोभनमा पारी एक पुरुषको जिम्मा लगाएर भारत पुर्याई बेचबिखन गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। उनीहरुले महिलालाई मुग्लिनसम्म ट्रकमा राखेर लगेको र त्यसपछि बसमा चढाएर काँकडभिट्टा हुँदै भारत पुर्याएका थिए।

उनीहरुले नेपाली मुलका मान्छेले सञ्चालन गरेको कोठीमा ३० हजार भारतीय रुपैयाँमा बिक्री गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए। निज महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार थप अनुसन्धान भइरहेको ब्यूरोले एक विज्ञप्ति जारी गरी जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस