रियलमीले ल्यायो टीयूभी राइनल्यान्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो फोन सी२१वाई

काठमाडौं । विश्वमा तीव्रगतिमा बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले टीयूभीराइनल्यान्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो स्मार्टफोन सी२१वाई सार्वजनिक गरेको छ।

उत्कृष्ट गुणस्तरमा विश्वास गर्ने रियलमीले नवीनतम् उत्कृष्ट फिचरका साथ सी२१वाई स्मार्टफोन ल्याएको हो।

यसमा ६.५ इन्च सुपर नाइटस्केपसहित तीनवटा क्यामेरा रहेका छन्।

यसैगरी एचडी प्लस मिनी ड्रप फुलस्क्रिन, १२ एनएम ओक्टाकोर प्रोसेसर र ५ हजार एमएएच ब्याट्री पनि उपलब्ध छ। रियलमी सी२१वाई युवापुस्तालाई मध्यनजर गरी निर्माण गरिएको प्रगतिशील स्मार्टफोन हो।

टीयूभी राइनल्यान्ड उच्च विश्वसनीय सर्टिफिकेट

टीयूभी राइनल्यान्डले सबैतर्फको व्वसाय, सुरक्षा र गुणस्तर राख्ने विश्वास राख्दछ।

सन् २००६ मा टीयूभी राईनल्याण्ड दीगोपनको प्रवर्द्धन र भ्रष्टाचारविरुद्धको लडाइँका लागि संयुक्त राज्य वैश्विक उत्पादनको सदस्य बनेको थियो।

टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीेकेटले विद्युतीय सामग्रीका ग्राहकलाई उच्च गुणस्तरीय सामान प्रदान गर्नुका साथै विश्वका मुख्य बजारमा उद्योगको मापदण्ड पूरा गर्ने प्रवन्ध गर्छ।

रातमा उत्कृष्ट तस्विरका लागि सुपर नाइटस्केप मोडसहितको एआई त्रिपल क्यामेरा

रियलमी सी२१वाईमा १३ मेगापिक्सलको प्राथमिक क्यामेरा छ।

जसले चार गुणासम्म जुम गर्न सक्नुका साथै पीडीएफ अटोफोकसको पनि समर्थन गर्छ।

फोटो दिनको उज्यालोमा मात्रै नभएर मधुरो र अँध्यारो वातावरणमा पनि चम्किलो, कलरपूर्ण र स्पष्ट खिच्न यस क्यामेराले सक्दछ।

पिक्सल स्तर नक्सा अंकित अल्गोरिथमद्धारा क्रोम बढाउन पनि यसले मद्दत गर्छ।

ब्राइटनेस र कलरले फराकिलो दायरामा उत्कृष्ट स्क्रिन कन्ट्रास्ट र भिभिड कलर्सको सुविधा दिएका छन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट हुने

काठमाडौं । अखिल नेपाल फुटवल संघको आयोजनामा हुन लागेको ‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण …

प्रतिकृया दिनुहॊस