अछामका १० स्थानीय तहमा को–को बने कांग्रेस सभापति ?

काठमाडाैँ । सत्तारुढ नेपाली कांग्रेसले अछामका १० वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । १४ औं महाधिवेशन अन्तर्गत भएको गाउँ / नगर अधिवेशनले नयाँ नेतृत्व छानेको हो ।

अछाममा चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह छन् । कमलबजारमा पदमबहादुर भण्डारी, मंगलसेनमा झपटबहादुर रावल, साँफेबगरमा लालबहादुर कुँवर र पञ्चदेवल विनायकमा सर्जनबहादुर शाही नगर सभापति चयन भएका छन् ।

यसैगरी, बान्नीगढी जयगढमा कर्णबहादुर ठकुल्ला, मेल्लेखमा खकेन्द्रबहादुर साउँद, रामारोशनमा मानबहादुर साउँद, ढकारीमा धनबहादुर बुढा, चौरपाटीमा धर्मबहादुर साउद र तुर्माखाँदमा कविराम बयक गाउँपालिका सभापति बनेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री