काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्न लागेको हो ।
बैठकमा पार्टीका उपाध्यक्ष सात जना बनाउनु पर्ने केन्द्रीय कमिटीका सदस्यहरुको मागमाथि छलफल हुने बताइएको छ । आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष थप्ने प्रस्ताव सकारात्मक रहेको भन्दै त्यसबारेमा स्थायी कमिटीमा छलफल गर्ने र विधान महाधिवेशनमा पुग्दा निर्णयमा पुग्ने बताएका थिए ।
बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलसहितका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका थिए । बैठकमा असोज १५-१७ गतेसम्मका लागि निर्धारित विधान महाधिवेशनको विषयमा पनि छलफल हुनेछ ।
तपाईंको प्रतिकृया



