भारतमा शक्तिशाली ‘गुलाव’ चक्रवातको सम्भावना, नेपालमा पर्ला असर ?

काठमाडौं । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र आज (शनिबार) चक्रवातमा परिणत भएको भारतका मौसमविद्ले बताएका छन् । जसलाई ‘गुलाब’ नामकरण गरिएको छ ।

भारतको मौसम विभाग (आईएमडी) का अनुसार चक्रवात आउन सक्ने सम्भावना विचार गरेर उत्तरी आन्ध्र प्रदेश र यसको दक्षिण ओडिसाका तटीय क्षेत्रमा अलर्ट जारी गरिएको छ । आईएमडीको तुफान चेतावनी प्रभागले चक्रवाती तुफान पश्चिमतर्फ अघि बढ्दै आइतबार साँझ उत्तरी आन्ध्र प्रदेशको कलिंगपत्तन र दक्षिणी ओडिसाको गोपालपुर तटको बीचबाट जाने सम्भावना रहेको जनाएको छ ।

आईएमडीले भनेको छ, ‘उत्तर–पश्चिम र यससँग जोडिएको पश्चिम मध्यबंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र पछिल्लो ६ घण्टामा प्रतिघण्टा ७ किलोमीटरको गतिमा पश्चिमतर्फ बढिरहेको छ र चक्रवात ‘गुलाब’ मा परिणत भएको छ ।’

नेपालमा पर्ला असर ?
भारतमा विकसित गुलाब चक्रवातको प्रभाव नेपालमा पनि आंशिक पर्ने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु व्यासीका अनुसार गुलाब चक्रवातको आंशिक प्रभाव नेपालमा पर्सी सोमबारदेखि पर्ने देखिएको छ ।

‘नेपालबाट त्यो चक्रवात अलि टाढै भएकाले धेरै प्रभाव पर्ने देखिँदैन, तर पर्सिदेखि आंशिक प्रभाव चाहिँ पर्ने देखिएको छ’, मौसमविद् व्यासीले आइतबार बिहान भनिन्, ‘नेपालमा मौसम बदली गराउने र देशभर मध्यमसम्म वर्षा गराउनेसम्म हुने अनुमान छ ।’ उनका अनुसार थप अनुमान भने त्यो चक्रवात जमिनमा ठोक्किएपछि गर्न सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस