आजबाट ईपीएल, उद्घाटनमा ललितपुर र काठमाडौं खेल्दै

काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको चौथो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुँदैछ ।

उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स-११ खेल्दै छन् । खेल नेपाली समय अनुसार सवा १२ बजेदेखि शुरु हुनेछ ।

कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ । काठमाडौं पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।

यस्तो छ खेल तालिका :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री