फिल्मी शैलीमा भयो गायिका इन्दिरा जोशीको इन्गेजमेन्ट

काठमाडौँ । चर्चित गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । फेसन डिजाइनर शरद केडियाले बिहीवार खुम्बु पुगेर उनलाई फिल्मी शैलीमा इन्गेजमेन्टको औँठी लगाइदिएका हुन् ।

सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको एक फेसन शोमा भाग लिन जाने क्रममा शरदले ‘फिल्मी शैली’ मा घुँडा टेकेर इन्दिरालाई औँठी लगाएको भिडियो क्याप्टेन विवेकले आफ्नो टिकटक मा पोस्ट गरेका छन् । गत वर्ष इन्दिराले सामाजिक सञ्जालमा प्रेमी (शरद केडिया) ले रिङ लगाइदिएको एक तस्विर पोस्ट गर्दै आफूहरु विगत २ वर्षदेखी प्रेममा रहेको जानकारी दिँदै जिन्दगीको अन्तिम सास रहेसम्म एकसाथ रहने बाचा गरेकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी दुई वर्षदेखि एकसाथ छौँ र कैयौँ वर्षदेखि एकसाथ अगाडि बढ्ने वाचा गरेका छौँ ।’ सामाजिक सञ्जालमा गायिका जोशीले आफ्ना प्रेमीले आफुलाई मसँग विवाह गर्छौं भनेर सोधेको र मैले गर्छु भन्ने जवाफ दिएको भन्दै इन्गेजमेन्टको तस्वीर सार्बजनिक गरेकी छन् ।

पछिल्लो समय रियालिटी गायन शो मा जजको भूमिकामा रहेकी इन्दिरा ‘चौबन्दी चोली अनि रातो घाँघर’ गीतबाट चिनिएकी थिइन् । त्यसपछि इन्दिरालाई फिल्म ‘लुट’ को ‘उध्रेको चोली’ गीतले निकै चर्चामा ल्याएको थियो । त्यसयता उनले निकै लोकप्रिय गीतमा आफ्नो आवाज दिइसकेकी छन् ।

उनले गाएका ‘ठूली’ को म त मर्छु क्या हो’, ‘कथा काठमाण्डू’ को ‘रातको कुरा’, ‘प्रेमगीत २’ को ‘मोटरसाइकलमा’, ‘मुखौटा’ को ‘एक चोटीमा’ जस्ता फिल्मका गीत चर्चित छन् भने उनले कैयौं आधुनिक गीत पनि गाएकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हरिभक्त बुढाथोकीको ‘बुढेसकाल’

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, …

प्रतिकृया दिनुहॊस