काठमाडौँ । माछापुच्छ्रे बैङ्कले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैङ्कको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले शेयर धनीहरूलाई चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र बैङ्कको आगामी साधारण सभाले पारित गरेपछि सेयर धनीहरूले पाउनेछन् ।
प्रतिकृया दिनुहॊस