एमालेकाे विराेधका बीच प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक-०७८ पारित

प्रतिनिधि सभाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक २०७८ लाई पारित गरियोस्’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस्’ भन्ने दुवै प्रस्तावलाई बहुमतले पारित गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयक बहुमतले पारित भएको घोषणा गरेका थिए।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले आफ्नो अवरोध कायमै राखेको छ। एमालेले १४ जना सांसदहरुलाई कारबाही गरेको सूचना सभामुखले नटाँसेको भन्दै सूचना टाँसको माग गर्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ । बिहीवारको बैठकमा पनि एमालेले संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मुर्दावाद, गैरसांसदलाई प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर लगायतका नाराबाजीसहित संसद अवरोधलाई कायम राखेको हो।

प्रतिनिधि सभाको आगामी बैठक असोज ११ गते सोमवार दिउँसो २ बजे बस्ने भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री