राष्ट्रिय सभा सदस्य कोमल वलीले प्रतिनिधि सभाको कमजोरीका कारण धेरै नकारात्मक प्रतिक्रिया उत्पन्न हुने बताइन्।
बिहीवार राष्ट्रिय सभामा बोल्दै सांसद वलीले त्यो परिणामलाई रोक्नको लागि सभामुख इमान्दार हुनुपर्ने बताएकी छिन्। उनले सभामुखले सभामुखको कुर्सीको महत्व राख्न नसक्दा र नियम पालना गर्न नसक्दा राष्ट्रिय सभामा त्यसको असर परेको र विभाजन भएको बताइन् । उनले सभामुखले प्रतिनिधि सभालाई विरामी बनाएको आरोपसमेत लगाइन्। उनले प्रतिनिधि सभाबाट सभामुखले राजीनामा दिनुपर्ने बताइन्।
सांसद वलीले राष्ट्रियसभा र प्रतिनिधिसभा एकअर्काका परिपूरक भएको भन्दै राष्ट्रिय सभाको कारबाही अघि बढ्न नसक्ने बताइन्।
तपाईंको प्रतिकृया



