फाइल फाेटाे

प्रचण्ड भन्छन्- ‘ओलीको कुरा सुनेर ताली पिट्नेहरू देखेर हैरान छु’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिकारी विरासत माओवादीसँग मात्रै रहेको दाबी गरेका छन् । माओवादीले क्रान्तिकारी ढङ्गले अघि बढ्न खोजेपनि अन्य शक्तिहरूले साथ नदिएको र त्यसको बदलामा खुट्टा तान्न खोजेको आरोप लगाएका छन् । ‘क्रान्तिकारी विरासत माओवादीसँग मात्रै छ,’ प्रचण्डले भने, ‘एजेण्डा कोहीसँग छैन ।’

यस्तै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको झगडाका कारण जनताको प्रतिनिधि सभालाई विघटन गरेको दोहोर्‍याए । ‘केपी ओलीले जनताको सार्वभौम प्रतिनिधि सभालाई निर्ममतापूर्वक विघटन गरेकै हो,’ प्रचण्डले भने, ‘अहिले पनि उनले भन्छन्— पार्टीभित्र मलाई काम गर्न दिएनन्, झगडा गरे त्यसो भएर विघटन गरेको । पार्टीभित्रको झगडाले जनताको प्रतिनिधि सभा विघटन गर्न पाइन्छ ? मनपरी आफू गर्ने अनि पार्टीभित्र बहुमत अर्कोतिर भएपछि उनले छोड्न पर्दैनथ्यो ?’

असंवैधानिक बाटो हुँदै यात्रा गर्ने ओलीको भाषण सुनेर ताली पिट्नेहरू देख्दा आफू हैरान भएको प्रचण्डको भनाइ थियो । ‘अहिले उनले नैतिकताको कुरा गर्ने ? मलाई त यति जलन भएको छ नि यस्ता मान्छे, पाखण्डी, डब्बल डिलर, ठगहरू चाहिँ अझै मान्छेलाई ताली पिटाउँदै हिँडिराखेका देखिन्छन्,’ प्रचण्डले भने, ‘यो ताली पिट्ने देखेर पनि हैरान हुन्छु म ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पुतलीसडकमा भ्यानसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । बागमती …

प्रतिकृया दिनुहॊस