सोमबार सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सयले घटेर प्रतितोला ८८ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोला ८९ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेर प्रतितोला ११३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री