सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार स्थिर रहेको सुन आज ६ सयले बढेको हो । सोमबार ३ सयले बढेको थियो भने आइतबार ४ सयले घटेको थियो।

आज छापावाला सुनको प्रतितोला ९१ हजार २०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ७०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी आज एक हजार २०० मा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री