सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच सम्झौता

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

एक कार्यक्रमकाबीच सिडिएस एण्ड क्लियरिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सयुक्त रुपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

याेसँगैं अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले अब निकट भविष्यमै आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षेप सदस्यता सम्बन्धि कार्य सञ्चालनमा ल्याउनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री