काठमाडौं ।नेपाल टेलिकमले आजबाट विद्युतिय भुत्तानी सेवा सञ्चालनमा ल्याउदै छ।
आजबाट व्यवसायीक रुपमा नमस्ते पे सञ्चालनमा आउने भएको हो।
सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका युटिलिटी सेवा उपलब्ध हुनेछन् ।
सुरुमा कारोबार गर्नको लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता भएका ग्राहकले मात्रै बैंकसँग भएको रकमबाट कारोबार गर्न पाउने बताइएको छ । पछि यस्तो सेवा अन्य बैंक वित्तीय संस्थामा बैंक खाता भएका ग्राहकको लागि पनि विस्तार गरिने कम्पनीले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया




