काठमाडौं । प्रभु क्यापिटलले ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना ल्याएको छ।
क्यापिटलले भदौ २९ गते बालदिवसको अवसरमा स-साना नानीबाबुलाई लक्षित गरेर उक्त योजना ल्याएको हो ।
यो योजना अन्तरगत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहने सेवाग्राहीलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्नेछ ।
यो योजनामा नानीबाबुहरु पीएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एउटा पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ ।
यसमा न्यूनतम ५ वर्षसम्म लगानी गर्न सकिने छ । जसमा ८ प्रतिशत हर्डल रेट, २ प्रतिशत वार्षिक व्यवस्थापन शुल्क(एएमसी) र मुनाफामा लाग्ने शुल्क २० प्रतिशत रहेको क्यापिटलले जनाएको छ ।
यसको लकइन अवधि ५ वर्ष रहेको छ । त्यसैगरी लक इन अवधि अगावै योजना बन्द शुल्क ३ प्रतिशत रहेको छ ।
क्यापिटलका अनुसार न्यूनतम लगानी अवधि पश्चात मात्रै नाफा वितरण गरिने छ ।
साथै, गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षको लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले स्पोन्सर गर्ने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजनामा सहभागी हुन सक्नेछन् ।
यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा क्यापिटलको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ ।
प्रतिकृया दिनुहॊस