गुडिरहेको बसमा ढुङ्गा खस्दा यात्रुको गयो ज्यान

काठमाडाैँ । बैतडीमा गुडिरहेको बसमा सडकमाथिबाट ढुङ्गा खस्दा एक यात्रुको मृत्यु भएको छ । पाटन नगरपालिका–८ झौलेकमा मंगलबार बिहान गुडिरहेको बसमा ढुङ्गा खसेको हो ।

मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपाली छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

महेन्द्रनगरबाट बझाङका लागि छुटेको सु.प.प्र.०२००१ ख ११५६ नम्बरको बसमा ढुङ्गा खसेको उनले जानकारी दिए । ढुङ्गगा लागेर अन्य तीन जना घाइते भएको र उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा दिउँसै घरबाट गरगहना चोरी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोक हत्यमोचन मार्गमा शुक्रबार दिउँसो चोरी भएको छ । लक्ष्मी …

प्रतिकृया दिनुहॊस