परराष्ट्र मन्त्रालयको निर्देशन- एनआरएनएको निर्वाचन प्रकृया रोक्नू

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन प्रकृया रोक्न निर्देशन दिएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको हो ।

एनआरएनएको १०औं महाधिवेशनका लागि प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको भन्दै उजुरी परेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो ।

तीन जनाको उजुरी परेको मन्त्रालयले स्पष्ट पारेको छ । महाधिवेशन प्रतिनिधि चयन संबन्धमा छानबिन गर्न नेपाल सरकारले अनुगमन समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री