कांग्रेस निर्वाचन समिति संयोजक यादवको राजीनामा देउवाद्वारा अस्वीकृत

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवको राजीनामा अस्वीकृत भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले यादवको राजीनामा अस्वीकृत गरेका हुन् ।

यादवले वडा अधिवेशनको विषयमा असन्तुष्टी जनाउँदै राजीनामा दिएका थिए । सभापति देउवाले १४ औं महाधिवेशनका बाँकी कामहरु सम्पन्न गर्न अनुरोध गर्दै राजीनामा अस्वीकृत गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री