तीजको नाच हेर्न गएकी किशोरीमाथि सामुहिक बलात्कार, तीन जना पक्राउ

काठमाडाैँ । दाङमा तीजको नाच हेर्ने गएकी १७ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका–७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यमबहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् ।

ती किशोरी बुधबार साँझ तीजको नाच हेर्न गई फर्किने क्रममा सोही गाउँपालिका एक्लाबर नजिक जङ्गलमा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस