रोकिएन सुन तस्करीः नागढुंगाबाट ९ केजी सुन बरामद !

काठमाडौं । प्रहरीले उपत्यकामा भित्रिने मुख्य नाका नागढुंगाबाट ९ किलो सुन बरामद गरेको छ ।

आईतबार ६ केजी र शनिबार ३ केजी सुन बरामद भएको हो ।

आईतबार सुनसहित सिन्धुलीपाल्चोकका २३ बर्षीय तेन्जिङ तामाङ पक्राउ परेका छन् ।

धादिङ हुँदै काठमाडौं आउँदै गरेको बा। ९५ प ८१६४ न। को पल्सर मोटरसाईकल जाँच गर्दा सुन भेटिएको थियो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरी निरीक्षक केशव भट्टको टोलीले आईतबार साँझ ७ बजे सुन बरामद गरेको हो ।

प्रहरीका अनुसार तामाङले विशेष खालको पेटीको फल्स बटमभित्र सुन लुकाई काठमाडौं ल्याउँदै थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री