राष्ट्रपति बाइडेन र सीबीच टेलिफोन कुराकानी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जीङपीङबीच टेलिफोन कुराकानी भएको छ । राष्ट्रपति बनेपछि बाइडेनको राष्ट्रपति सीसँग यो दोस्रो पटकको टेलिफोन कुराकानी हो ।

ह्वाइटहाउसले राष्ट्रपति बाइडेन र सीबीच व्यापक रणनीतिक कुराकानी भएको उल्लेख गरेको छ । अमेरिका र चीनबीच पछिल्लो समयमा व्यापार, कोरोना महामारीका बारेमा असमझदारी बढेको छ । साथै ह्वाइटहाउसले अमेरिका र चीनबीच बढिरहेका असमझदारीलाई कम गर्ने प्रयास स्वरूपको पहल भएको बताएको छ ।

चीनले अमेरिकालाई चीनमाथि हमला गर्न अन्य देशलाई उक्साएको आरोप लगाउदै आएको छ भने त्यसको जवाफमा अमेरिकाले चीनले आफूतर्फ ध्यान खिच्न चाहेको बताउदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री