भक्तपुर । आजबाट भक्तपुर अस्पतालले तीन श्ययाको ‘हाईकेयर युनिट’ सञ्चालनमा ल्याएको छ । भक्तपुर अस्पतालको ११४औँ वार्षिकोत्सवको अवसर पारेर ‘हाईकेयर युनिट’ सञ्चालनमा ल्याएको हो ।
‘हाईकेयर युनिट’ को उद्घाटन गर्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नगरी देश विकास नहुने बताए ।
उनले अस्पतालमा सघन उपचार कक्ष (आइसियु) सञ्चालन गर्नुपर्नेमा जोड दिँदै केही महिनाभित्रै भक्तपुर अस्पताललाई एम्बुलेन्स दिने प्रतिबद्धता जनाए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको आशा र विश्वास सरकारी अस्पतालमा हुनुपर्नेमा जोड दिँदै बिरामी सरकारी अस्पताल छाडेर निजीमा जाने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, अस्पतालकी सुपरिटेण्डेन्ट डा सुधा देवकोटा, अस्पताल व्यबस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्कालगायतले सरकारी अस्पतालले गुणस्तरीय सेवा दिनु पर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहॊस